पूर्वऊर्जामन्त्री शर्मा भन्छन्– नेपालमा धेरै गर्न सकिन्छ

टुरिजमफेस
काठमाडौं । पूर्व ऊर्जामन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले इच्छाशक्ति भए नेपालमा धेरै गर्न सकिने र ती काममा सफल भइने बताएका छन् । आफू ऊर्जामन्त्री हुँदाको स्मरण गर्दै उनले सामाजिक सञ्जालमा भिडियोमार्फत लोडसेडिङ अन्त्यलाई ‘गरे सम्भव’ छ भन्ने उदाहरणको रूपमा उल्लेख गरेका छन् ।
२०७३ मा शर्मा ऊर्जामन्त्री हुँदा त्यही वर्षको दीपावलीदेखि लोडसेडिङ अन्त्य गरिएको थियो । त्यसअघि दैनिक १६ भण्टासम्म लोडसेडिङ हुँदा जनजीवन कष्टकर थियो । त्यस दिनलाई स्मरण गर्दै शर्मा भन्छन्– ‘दर्जनौं साथीहरू थिए । सबै साथीहरूलाई उत्साहित गरेँ । यो काम मैले गर्नैपर्छ । यहाँ सम्भव छ ।’