भाइटीकाको उत्तम साइत ११ः३९ बजे भएपनि दिनभर टीका लगाउन सकिने

टुरिजमफेस
काठमाडौं ।
यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत रहेको छ ।
सर्वसाधारणका लागि भने मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । यस वर्ष यमपञ्चक कात्तिक १ गतेदेखि सुरू भएको हो । नेवार समुदायको बिहीबार नै किजापूजा पनि गर्ने गर्छन् ।