गृह मन्त्रालय भन्छ– निर्वाचनको वातावरण बिगार्ने गतिविधि नगरौं
टुरिजमफेस
काठमाडौं । गृह मन्त्रालयले निर्वाचनको वातावरण बनाउन आवश्यक रहेको जनाएको छ । तिहार सकिएलगत्तै विभिन्न संगठनको नामबाट आन्दोलन गर्ने चर्चा चलिरहेको बेला गृहले विज्ञप्ति जारी गरी निर्वाचनको माहोल बनाउन सबै संयमित हुन आवश्यक रहेको जनाएको हो ।
देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहमार्फत अराजकता निम्तिने खतरा भएकाले आन्दोलनका आयोजकहरू सचेत हुनुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।
मन्त्रालयका अनुसार यतिखेर सरकार निर्वाचन सम्बन्धी कानुन संशोधन, स्रोत र साधानको व्यवस्थापन, राजनीतिक दलहरू एवं सरोकारवालासँग वार्ता र संवादमा रहेको छ ।
भदौ २३ को जेनजी आन्दोलनलगत्तै सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारले आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने तयारी गरिरहेको छ ।
