जेनजी आन्दोलनका ४५ जना सहिद (नामसहित)
भदौ २३ मा काठमाडौंमा जेनजीले प्रदर्शन गरेको जुलुस ।
टुरिजमफेस
काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा मृत्यु भएको ७६ जनामध्ये ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
सहिद घोषणा गरिएकामध्ये तीन जना प्रहरी हुन् भने बाँकी सबै सर्वसाधारण हुन् । ज्यान गुमाउनेमध्ये१० जना कैदीबन्दी पनि थिए । उनीहरूलाई भने सहिद घोषणा गरिएको छैन । त्यस्तै भाटभटेनी सुपरमार्केटमा जलेर मृत्यु भएका १२ जना र आन्दोलनकारीबाटै मारिएका गरी ३१ जनालाई पनि सरकारले सहिद घोषणा गरेको छैन ।
भाटभटेनीमा जलेका १२ जनाको अझै सनाखत हुन नसकेको सरकारले जनाएको छ ।
यी हुन् सरकारले सहिद घोषणा गरेकाहरूः


भदौ २३ मा काठमाडौंमा जेनजीले प्रदर्शन गरेको जुलुस ।
