जनार्दन शर्माले घोषणा गरे प्रगतिशील अभियान नेपाल, कतिले साथ देलान् ?
टुरिजमफेस
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रगतिशील अभियान नेपाल सुरु गरेका छन् । उनले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रगतिशील अभियान नेपाल नामक अभियानको घोषणा गरेका हुन् ।
नेकपा माओवादी केन्द्रले माधव नेपालसँग पार्टी एकता गरेपछि असन्तुष्ट बनेका शर्माले मंगलवार पार्टी केन्द्रीय समितिको बैठकमा नगई प्रगतिशील अभियान नेपाल गठन गरेको जानकारी गराएका हुन् । यद्यपि नयाँ पार्टीको नाम के हुने भन्नेबारे पछि निर्णय लिइने बताइएको छ ।
प्रगतिशील अभियान नेपाल गठनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा माओवादी नेताहरू राम कार्की, अञ्जना विसंखे पनि सहभागी थिए । माओवादी निकट स्रोतका अनुसार शर्माले नेतृत्व गर्ने अभियानमा करिब १५ प्रतिशत माओवादी छाडेर सहभागी हुने अनुमान गरिएको छ । शर्मा सहितका नेताले माओवादी आन्दोलनका बाँकी रहेका कार्यभार पूरा गर्दै वाम आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने बताएका छन् ।
माधव नेपाल माओवादी केन्द्रमा मिसिएपछि असन्तुष्ट बनेका एकीकृत समाजवादीका नेताहरू झलनाथ खनाल, घनश्याम भुसाललगायतसँग शर्मा संवादमा छन् ।
