पोखरा विमानस्थल निर्माणको भ्रष्टाचारमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवको संलग्नता, अरु को को ?
टुरिजमफेस
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ५ जना पूर्वमन्त्री र १० जना पूर्वसचिवहरूको संलग्नता रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दावी लिएको छ ।
करिब २२ अर्बको विमानस्थल निर्माणको परियोजनामा ८ अर्ब ३६ करोड रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै ती मन्त्री, कर्मचारी र ठेकेदार कम्पनीले भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दासमेत दायर गरेको छ ।
विशेष अदालतमा दायर गरिएको मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रूपैयाँ भ्रष्टाचार भएको भन्दै आयोगले ५५ जनाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकाहरूमा पूर्वमन्त्रीमा पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक अमात्य छन् ।
यीमध्ये महत पूर्व अर्थमन्त्री हुन् भने बाँकी पूर्वपर्यटन मन्त्री हुन् । मुद्दा दायर गरिएकामध्ये पूर्वमन्त्री बोगटीको मृत्यु भइसकेको छ । उनको हकमा आयोगले पत्नी राममायालाई बिगो जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।
यी हुन् मुद्दा दायर गरिएका व्यक्तिहरू
रामकुमार श्रेष्ठ, तत्कालीन मन्त्री– संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अध्यक्ष– नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति
भीमप्रसाद आचार्य, तत्कालीन मन्त्री– संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अध्यक्ष– नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति
दीपकचन्द्र अमात्य, तत्कालीन मन्त्री– संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अध्यक्ष– नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति
डा. रामशरण महत, तत्कालीन अर्थमन्त्री
सुशील घिमिरे, तत्कालीन सचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सुरेशमान श्रेष्ठ, तत्कालीन सचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सुमनप्रसाद शर्मा, तत्कालीन सचिव– अर्थ मन्त्रालय
भेषराज शर्मा, तत्कालीन सचिव– कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय
रञ्जनकृष्ण अर्याल, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
मोहनकृष्ण सापकोटा, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
लोकबहादुर खत्री, तत्कालीन सहसचिव–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा प्राधिकरण सञ्चालक सदस्य
मनरुप शाही, तत्कालीन सञ्चालक समिति सदस्य– नेपाल नागरिक उड्डयन प्राधिकरण
ज्योति अधिकारी, तत्कालीन सञ्चालक समिति सदस्य– नेपाल नागरिक उड्डयन प्राधिकरण
मनोज कार्की, तत्कालीन सञ्चालक समिति सदस्य– नेपाल नागरिक उड्डयन प्राधिकरण
फुर्वा छिरिङ शेर्पा, तत्कालीन सञ्चालक समिति सदस्य– नेपाल नागरिक उड्डयन प्राधिकरण
सुरेश आचार्य, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चालक समिति सदस्य– नेपाल नागरिक उड्डयन प्राधिकरण
मदन खरेल, तत्कालीन सञ्चालक समिति सदस्य– नेपाल नागरिक उड्डयन प्राधिकरण
मुक्तिनारायण पौडेल, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सञ्चालक समिति सदस्य– नेपाल नागरिक उड्डयन प्राधिकरण
सूर्यप्रसाद आचार्य, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सञ्चालक समिति सदस्य– नेपाल नागरिक उड्डयन प्राधिकरण
त्रिरत्न मानन्धर, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सदस्यसचिव– नेपाल नागरिक उड्डयन प्राधिकरण
रतीश चन्द्रलाल सुमन, तत्कालीन महानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण, सदस्यसचिव– प्राधिकरण सञ्चालक समिति
सुमनकुमार श्रेष्ठ, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
हरिबहादुर खड्का, तत्कालीन उपसचिव– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
रोशन चित्रकार, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
ऋषिकेश शर्मा, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
नारायण गिरी, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
महेशकुमार बस्नेत, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
बाबुराम पौडेल, तत्कालीन निर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
अशोककुमार सुवेदी, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
मुरारी भण्डारी, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण
सुवर्णराज उपाध्याय, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
प्रतापबाबु तिवारी, तत्कालीन निर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
रुद्रप्रसाद फुयाल, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण
रामचन्द्र सुवेदी, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण
डा. रामकृष्ण तिमिल्सिना भन्ने डा. रामकृष्ण तिमल्सेना, तत्कालीन पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत
डा. पुरुषोत्तम डंगोल, तत्कालीन एयरपोर्ट इन्जिनियर
विनोदानन्द चौधरी भन्ने बिनोदानन्द चौधरी मैथिल बाहुन, सेवा निवृत्त निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
मुकुन्दप्रसाद भण्डारी, तत्कालीन निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
गंगासागर मान श्रेष्ठ, तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
प्रदीप अधिकारी, तत्कालीन उपप्रबन्धक तथा हालका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
तत्कालीन प्राडा रबिन्द्रनाथ श्रेष्ठ, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक
तत्कालीन उपप्राध्यापक सूर्य ज्ञवाली, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक
तत्कालीन उपप्राध्यापक सन्तोषकुमार श्रेष्ठ, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक
हंसराज पाण्डेय, तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
डा. पुण्यराज शाक्य, तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
द्वारिका प्रसाद भट्टराई, तत्कालीन वरिष्ठ कानुन अधिकृत, नेपाल नागरिक उड्डयन प्राधिकरण
कुलप्रसाद सिम्खडा, तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
मधुकुमार मरासिनी, तत्कालीन सहसचिव, अर्थ मन्त्रालय
लालबहादुर खत्री, तत्कालीन उपसचिव, अर्थ मन्त्रालय
कमलकुमार भट्टराई, तत्कालीन शाखा अधिकृत, अर्थ मन्त्रालय
प्रेम उपाध्याय भन्ने प्रेमनाथ उपाध्याय, तत्कालीन उपसचिव, अर्थ मन्त्रालय
स्व. पोष्टबहादुर बोगटी (को हकवाला राममाया बोगटी), मन्त्री– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अध्यक्ष– प्राधिकरण सञ्चालक समिति
ध्रुवदास भोछिभोया (को हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठ), तत्कालीन उपनिर्देशक– नागरिक उड्डयन प्राधिकरण
चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड र सोका मुख्य भई काम गर्ने व्यक्ति चेयरम्यान वाङ बो र रिजनल जनरल मेनेजर लिउ शेङचेङ
