एमाले नेतृत्व चयनका लागि २२२७ मत खस्यो, नतिजा मिश्रित आउने प्रक्षेपण
टुरिजमफेस
काठमाडौं । नेकपा एमालेमा नयाँ नेतृत्वका लागि भएको मतदानमा २२२७ मत खसेको छ । बुधवार दिनभरि र बिहीवार रातिको मतदानमा २२६३ मतदातामध्ये ३६ जनाले भने मतदान गरेनन् । निर्र्वाचन सकिएकाले केहीबेरमा मतगणना सुरु हुने र जसको नतिजा आजै आउने एमालेले जनाएको छ ।
एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन् । केही पदमा स्वतन्त्र उम्मेदवारी पनि परेको छ । मतदान स्थलमा पुगेर गरिएको सामान्य सर्वेमा कुनै एक समूहले मात्र चुनाव नजिती मिश्रित नतिजा आउने प्रक्षेपण गरिएको छ ।
