एनआइसी एशियाको अध्यक्षमा अशोककुमार अग्रवाल
टुरिजमफेस
काठमाडौं । एनआइसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिए । अग्रवालले नेपालको बैंक, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।
