पर्यटन क्षेत्रमा उल्लेख्य योगदान गर्ने सिग्देललाई दुई संस्थाको सम्मान
काठमाडौंमा नाट्टाले सम्मान गर्दै ।
टुरिजमफेस
काठमाडौं । नेपालको पर्यटनको क्षेत्रमा नयाँ विचार, योजना तथा प्रचारप्रसारका साथ लामो समयदेखि सक्रिय श्रीराम सिग्देललाई दुई संस्थाले सम्मान गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघ र नेपाल ट्राभल तथा टुर एजेन्सी संघ (नाट्टा) ले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गरेका कारण सिग्देललाई सम्मान गरेका हुन् ।
सञ्चारकर्ममा समेत लामो समय व्यतित गरेका सिग्देल पछिल्लो समय पर्यटन क्षेत्रमा बढी केन्द्रित रहँदै आएका छन् । खासगरी उनले पश्चिम नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार, कनेक्टिभिटिमा जोड दिने गरेका छन् ।
नेपालगन्जलाई पोखरालगायतका सहरसँग प्रत्यक्ष जोड्न तथा कैलाश दर्शनका लागि पर्यटकलाई सहजता दिलाउन उनले गरेको प्रयास प्रशंसनीय रहँदै आएको छ । त्यस्तै बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक संख्या बढाउने अभियानमा पनि उनले महत्वपूर्ण योगदान दिँदै आएका छन् ।
काठमाडौंमा नाट्टाले सम्मान गर्दै ।
