उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकायलाई छुट्याउने तयारी

टुरिजमफेस
काठमाडौं । धेरैले माग गर्दै आएको उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकायलाई छुट्याउने तयारी भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको उड्डयन क्षेत्रलाई सुरक्षित बनाउनका लागि नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकायलाई अलग गर्ने मस्यौदालाई अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थको सहमतिपछि मस्यौदा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पुगेको छ ।
