चल्यो टिकटक

टुरिजमफेस
कठमाडौं । सरकारले टिकटकको प्रतिबन्ध हटाएसँगै चल्न थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई औपचारिक सूचना निकालेर प्रतिबन्ध हटाएको जनाएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई प्रतिबन्ध फुकुवाको लागि पत्र पठाएपछि प्राधिकरणले टिकटक सञ्चालनमा अवरोध नगर्न भनेको हो । प्राधिकरणले मन्त्रिपरिषद् बैठकले भदौ ६ गते प्रतिबन्ध हटाउने निर्णय गरेकाले अर्को निर्णय नहुँदासम्म भएको रोक नलगाउन सेवाप्रदायकहरुलाई भनेको छ । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले टिकटकका प्रतिनिधिहरूसँग छलफल भएको र नेपाल सरकारका सबै शर्त मान्न उनीहरू तयार भएपछि नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटक पूर्ण रूपमा खोल्न मन्त्रालयले पत्र पठाएको जानकारी दिए ।