नेपाल पर्यटन केन्द्रीय सहकारी संघमा नयाँ पदाधिकारी, को को भए चयन ?
टुरिजमफेस
काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघले पदाधिकारी चयन गरेको छ । जसअनुसार अध्यक्षमा चन्द्र रिजाल चुनिएका छन् । ११औं वार्षिक साधारण सभाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति गठन गरेको हो । संघको नयाँ समितिको उपाध्यक्षमा टिकाराम भट्टराई, महासचिवमा तेजबहादुर बोहरा, सचिवमा ज्ञानमणि न्यौपाने र कोषाध्यक्षमा तेजबहादुर खड्का चयन भएका छन् । संघको सञ्चालक सदस्यहरूमा रुपेश तिमल्सिना, बिकेशकुमार श्रेष्ठ, हरिशरण गिरी, प्रमोद घिमिरे, चित्रकुमार श्रेष्ठ, बेबीराज भण्डारी, नेप्लुमाया भट्ट जिरेल, नरबहादुर महतो, शम्भुप्रसाद शर्मा र जगबहादुर शाह चयन भएका छन् । लेखा समिति संयोजकमा बुद्धिमान विश्वकर्मा चयन हुँदा सदस्यहरूमा अर्जुन नेपाल र राजन रिमाल चयन भएका छन् । रिजाल ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष र नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष पनि हुन् ।
