क्यान महासंघको आयोजनामा एआई कन्सेप्ट पेपरमा बहुपक्षीय छलफल आयोजना हुँदै

१४ असोज, काठमाडौं । कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघको आयोजनामा एआई कन्सेप्ट पेपरमा बहुपक्षीय छलफल कार्यक्रम आयोजना हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सहित सरोकारवाला निकायको उपस्थितिमा एआई कन्सेप्ट पेपरमा बहुपक्षीय छलफल हुने क्यान महासंघका महासचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए ।
यस भेलाको उद्देश्य नेपालमा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स)को भविष्यलाई आकार दिन मुख्य सरोकारवालाहरूलाई समीक्षा, छलफल र प्रस्तावित एआई ढाँचामा अन्तर्दृष्टि प्रदान गर्नु रहेको छ ।
कार्यक्रम यहि असोज १६ गते क्यान महासंघको सचिवालय खुसीबुमा दिनको २ बजेदेखि ४ बजेसम्म आयोजना हुँदैछ ।