विद्युत् प्राधिकरणद्वारा बक्यौता नतिर्ने ४९ उद्योगको सूची सार्वजनिक, कात्तिक ८ भित्र बक्यौता बुझाउन ताकेता
टुरिजमफेस
काठमाडौं । विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बुझाउन बाँकी रहेका ४९ उद्योगहरूको सूची सार्वजनिक गरेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार बाबा जुट मिल, रघुपति जुट मिल, उदयपुर सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, निगाले सिमेन्ट, अरिहन्त मल्टिफाइबर, मारुती सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन, त्रिवेणी स्पिनिङ, जगदम्बा स्टिल, अशोक स्टिल, हुलास स्टिल, हामा आइरन, एभरेस्ट पेपर मिलले बक्यौता बुझाउन बाँकी छ ।
त्यस्तै कसमस सिमेन्ट फ्याक्ट्री, युनाइटेड सिमेन्ट, शिवम् सिमेन्ट, हेटौंडा सिमेन्ट, जिबी टेक्स्टाइल, नाराया रबर उद्योग, अर्घाखाँची सिमेन्ट, विशाल सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, एभरेस्ट रोलिङ उद्योगले पनि विद्युत् खपतको रकम नबुझाएको प्राधिकरणले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
प्राधिकरणका अनुसार विनायक स्पात, जगदम्बा सिन्थेटिक, एसआर फुड्स, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, गोयन्का फुड्स, भलबारी स्वचालित कारखाना, श्याम प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, एसआर स्टिल, नव नेपाल प्लास्टिक इन्डस्ट्रिज, शुभलक्ष्मी पोलिमर्स, नेशनल रबर इन्डस्ट्रिज, ऐजी हेल्थ इन्डस्ट्रिज, सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर मिनरल एण्ड आयल, घोराही सिमेन्ट, सम्राट सिमेन्ट, रोल्पा सिमेन्टको पनि बक्यौता बुझाउन बाँकी छ ।
प्राधिकरणले बिहीबार सूचना निकाल्दै ती उद्योगहरूलाई दुई साताभित्र अर्थात कात्तिक ८ गतेभित्र बक्यौता बुझाउन ताकेता गरेको छ । प्राधिकरणका अनुसार जगदम्बा स्टिलको एक अर्ब ६० करोड, रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड, शिवम सिमेन्टको ६६ करोड रूपैयाँ भन्दा बढी बक्यौता छ ।

