प्राविधिक समस्या आएपछि थाई एयरवेजको उडान रोकियो
Thai-airways
टुरिजमफेस
काठमाडौं । काठमाडौंबाट बैंकक जाने थाई एयरवेजको जहाजमा प्राविधिक समस्या आएपछि उडान रोकिएको छ ।
बिहीबार दिउँसो १ः२५ बजे उडान गर्नुपर्ने जहाज अन्तिम समयमा रोकिएको हो । टिजी ३२० नम्बरको फ्लाइट काठमाडौँबाट बैंकक उडान गर्ने सम्पूर्ण तयारीपछि प्राविधिक समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । जहाजमा समस्या देखिएपछि यात्रुहरू रोकिएका छन् ।
Thai-airways
