हनी ट्रयाप घटनामा इन्स्पेक्टरसहित ६ जनाविरूद्ध मुद्दा
binukumari-shahi
टुरिजमफेस
काठमाडौं । हनी ट्रयापमा पारी लाभ लिएको घटनामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीसहित ६ जनाविरूद्ध मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालय ललितपुरले जिल्ला अदालत ललितपुरमा सुष्मा विश्वकर्मा, ताज मूल भन्ने तजम्मुल ईसलाम, भीमादेवी थापा, महेन्द्र हमाल, दर्शन पोखरेलविरुद्ध मुद्दा दायर गरिएको हो ।
मुद्दा दायर गरिएका मध्ये शाही र पोखरेल फरार छन् । उनीहरूलेसंखुवासभा घर भई ललितपुरको सानागाउँ बस्ने इन्द्रकुमार राईबाट ३० लाख रकम असुल गरेको आरोप छ । सुरुमा उनीहरूले राईसँग जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिएर ६० लाख रकम माग गरेका थिए । राईलाई प्रहरी प्रभाग बुंगमतीमा पु¥याएर इन्स्पेक्टर शाहीकै अगाडि रकम माग गरेको अनुसन्धानबाट खुलेको थियो ।
binukumari-shahi
