एसइई दिने विद्यार्थी बढे, यो वर्ष पाँच लाख १४ हजार विद्यार्थी सहभागी
see students
टुरिजमफेस
कठमाडौं । शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देशभरिबाट पाँच लाख १४ हजार विद्यार्थी सहभागी भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार ती विद्यार्थीका लागि देशभरका दुई हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा तालिकाअनुसार पहिलो दिन अर्थात चैत ७ गते अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषय राखिएको छ ।
गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।
see students
