शिक्षक–सरकार वार्ता निष्कर्षविहीन

टुरिजमफेस
काठमाडौँ । सरकार र शिक्षक महासंघबीच शनिवार भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार समस्या समाधानका लागि छलफल र संवादलाई निरन्तरता दिने सहमति भएको छ ।
सहमति नहुन्जेल सडक आन्दोलन जारी रहेको सुवेदीले जानकारी दिए । महासंघ तत्काल नयाँ शिक्षा ऐन ल्याउनुपर्ने प्रमुख मागसहित २५ दिनदेखि आन्दोलनमा छ । जसका कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प छ ।