कामीरिता शेर्पाले बनाए अर्को विश्व रेकर्ड, ३१ औँ पटक सगरमाथा शिखरमा

टुरिजमफेस
काठमाडौं । पर्वतारोही कामीरिता शेर्पाले अर्को विश्व रेकर्ड कायम गरेका छन् । यसअघिको आफ्नै रेकर्ड तोड्दै विश्वको अग्लो चुचुरो सगरमाथाको ३१ औं पटक आरोहण गर्न सफल भएका छन् ।
५५ वर्षीय कामीरिता मंगलबार बिहान चार बजे सगरमाथा शिखरमा पुग्न सफल भएको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले जानकारी दिए ।
कामीरिताले गत वर्ष पनि सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए । गत वर्ष उनले १० दिनको फरकमा दुईपटक सगरमाथा आरोहण गरेका थिए । यसपटक उनी भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल मनोज जोशीको नेतृत्वमा रहेको २२ जना सैनिकको आरोहण दलको मुख्य गाइडका रूपमा थिए । टोलीका सबै सदस्य पनि सगरमाथा पुगेका छन् ।
सोलुखुम्बुको थामे निवासी कामीरिता २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथाको आरोहण गर्न सफल भएका थिए ।