हिमालयन बैंकको एफपिओ नागरिक लगानी कोषले सकार्ने

टुरिजमफेस
काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशशसेर राणाले हस्ताक्षर गरेका छन् ।
हिमालयन बैंकले आउँदो तीन महिनाभित्र ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयर जारी गर्दैछ । जसको मूल्य प्रतिकित्ता १६९ रुपैयाँ कायम गरिएको छ । सर्वसाधारणले त्यस मूल्यमा एफपिओ खरिद नगरे नागरिक लगानी कोषले सकार्नुपर्छ ।