मौसम विज्ञान विभागले भन्यो–यी स्थानमा बाढी आउन सक्छ

टुरिजमफेस
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अबको ३ दिन खेशका विभिन्न स्थानमा बाढी आउने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । कर्णाली, महाकाली पूर्वीराप्ती, पश्चिमराप्ती, बागमती र बबई नदीमा बाढी आउने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन जनाएको हो ।
महाशाखाको बुलेटिनअनुसार इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, बारा, पर्सा, पाल्पा, गुल्मी. अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई वग्ने नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम देखिएको छ ।
साथै झापा, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपालचोक, नुवाकोट, धादिङ, दाङ, प्युठान, रुकुमपश्चिम, रुकुमपूर्व. जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम देखएकाले उक्त नदीका तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
यी २२ जिल्लालाई महाशाखाले पहेँलो रङ दिएर एल्लो अलर्टमा राखेको छ ।