अमेरिकी राष्ट्रपति भन्छन्–इजरायल र इरान युद्धविरामका लागि तयार

फाइल तस्विर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
टुरिजमफेस
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल र इरान युद्धविरामका लागि तयार रहेको दावी गरेका छन् । विगत १२ दिनदेखि दुई देशबीचको युद्धले ठूलो क्षति भइरहेको छ ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘इजरायल र इरानबीच भएको युद्धविरामको सहमति केही समयपछि कार्यान्वयनमा आउनेछ । इजरायल र इरानबीच युद्ध भइरहेको बेला अमेरिकाले इरानको परमाणु बम परियोजनामा आक्रमण गरेको थियो र त्यसलगत्तै इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरेर मिसाइल प्रहार गरेको थियो ।
ट्रम्पले भने इरानले सूचना दिएरैे आफ्नो सैन्य अखडामा मिसाइल आक्रमण गरेको बताएका छन् । उनले इरानको आक्रमणबाट कुनै पनि अमेरिकी सैनिकलाई चोटपटक नलागेको दावी गरेका छन् ।
न्युयोर्क टाइम्सका अनुसार उपराष्ट्रपति जेडी भान्सले ‘युद्ध सकिने र साँचो शान्ति प्रक्रियाको सुरुवात गर्ने अवसर आएको’ बताएका छन् । तीन जना कूटनीतिज्ञलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले कतारले युद्धविरामका लागि भूमिका खेलेको जनाएको छ । एजेन्सीको सहयोगमा
फाइल तस्विर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प