नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना

टुरिजमफेस
धनगढी । नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश नयाँ कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रदेश कार्यालयको उद्घाटन गरे ।
पदस्थापन तथा कार्यालय उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश लगानीमैत्री वातावरण बनाउन सरकार लागेको बताए । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रदेशका युवा उद्यमीहरुलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न इन्क्यूवेसन सेन्टर स्थापना गर्न प्रदेश सरकारलाई सहकार्यको प्रतिबद्धता व्यक्त गरे ।
परिसंघका उपाध्यक्ष भीम घिमिरेले प्रदेश परिसंघले प्रदेश एवं स्थानीय उद्योगी व्यवसायीहरूको हकहितका लागि प्रदेश सरकारलाई तथ्यपरक रूपमा नीतिगत सुझाव दिन सफल हुने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठले प्रदेश सरकारसँग नजिक रहेर आर्थिक विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । श्रेष्ठको अध्यक्षतामा गठित ११ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तेज शंक भट्ट, उपाध्यक्षहरूमा सुनिता सुरी, सुनिल श्रेष्ठ, कोषाध्यक्षमा लालबहादुर शाही छन् । यस्तै कार्यसमिति सदस्यहरूमा हिरा भण्डारी, जगदीशचन्द्र भट्ट, कलेन्द्र शाही, दीप रावत, हेमन्त पौडेल र डिल्लीराज जोशी रहेका छन् ।