प्रतिद्वन्द्वी मुलुकका नेतालाई ‘काका’ को सम्बोधनले पर्यटकीय देशमा प्रधानमन्त्री रिक्त

photo AP/RSS
टुरिजमफेस
काठमाडौं । उच्च तहको जिम्मेवारी रहेका व्यक्तिले जिब्रोलाई नियन्त्रणमा राख्न नसक्दा कस्तो अवस्था आउँदो रहेछ भन्ने सवक पर्यटकीय देशको रूपमा परिचित थाइल्यान्डको अदालतले सिकाएको छ ।
त्यो पाठ नेपाल जस्ता मुलुकका नेता, जो मनपरी बोलिरहन्छन् उनीहरूका लागि झनै उपयोगी हुन सक्छ । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले कम्बोडियाका नेता हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गर्दा प्रधानमन्त्री पद चट भएको हो ।
केही वर्षयता थाइल्यान्ड र कम्बोडिया एक, अर्काको प्रतिद्वन्द्वीको रूपमा रहेका छन् । सिनावात्राले फोन संवादमा कम्बोडियाका नेतालाई ‘काका’ सम्बोधन गरेको संवाद बाहिरिएको थियो । जुन संवाद बाहिरएसँगै सर्वसाधारण प्रधानमन्त्रीको विरोधमा उत्रिएका थिए भने संवैधानिक अदालतमा मुद्दा परेको थियो ।
सिनावात्राले भने उक्त संवादको उद्देश्य ‘देशको भलाइका लागि भएको’ दाबी गर्दै जनतासमक्ष माफी मागेकी छन् । अदालतले सिनावात्रालाई बचाउ प्रस्तुत गर्न १५ दिनको समय दिएको छ । प्रधानमन्त्रीको जिम्मा भने उपप्रधानमन्त्रीले पाएका छन् ।
३८ वर्षीया सिनावात्राले सन् २०२४ अगस्टमा सत्ता सम्हाल्दा उनी थाइल्यान्डकी सबैभन्दा कान्छी र दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन् । थाइल्यान्ड पर्यटकीय क्षेत्रबाट आथिंक रूपमा प्रगति गरेको देश हो । नेपालबाट पनि घुमफिरका लागि थाइल्यान्ड जाने चलन छ । एजेन्सीको सहयोगमा
photo AP/RSS