निजामति विधेयकको गडबडी पत्ता लगाउन विशेष समिति

टुरिजमफेस
काठमाडौैं । निजामती विधेयकमा भएको कुलिङ पिरियडसम्बन्धी गडबडी पत्ता लगाउन ७ सदस्यीय विशेष संसदीय समिति गठन हुने भएको छ । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग बैठक गर्दै यस्तो निर्णय गरेका हुन् ।
नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार समितिमा नेपाली कांग्रेसबाट २, नेकपा एमालेबाट २, माओवादीबाट १, रास्वपाबाट १ र राप्रपाबाट १ सदस्य रहनेछन् । समितिलाई अध्ययनका लागि १५ दिनको समय दिइने बताइएको छ । निजामती विधेयकमा रहेको सेवा निवृत्त उच्च पदस्त कर्मचारीले २ वर्षपछि मात्रै सरकारी नियुक्ति लिन पाउने व्यवस्था रहेको प्रतिवेदन राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेको भए पनि प्रतिनिधिसभाको पूर्णसभाबाट पारित भएर आउँदा त्यसको ठीक उल्टो बनाइएको छ ।
यसबारे एकले अर्कोलाई दोष लगाउने क्रम जारी छ ।