विनोद चौधरी र देवेन्द्रराज कँडेललाई असहयोग गर्दा कांग्रेस लुम्बिनी महामन्त्री विक्रम खनाल पार्टीबाट निस्कासन

टुरिजमफेस
काठमाडौं । विनोद चौधरी र देवेन्द्रराज कँडेललाई असहयोग गर्दा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल पार्टीको निष्कासनमा परेका छन् । खनालले गएको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार चौधरी र कँडेलाई असहयोग गरेका थिए ।
उनले दुई उम्मेदवारलाई अहसयोग गरेको विवादमा पार्टीले गठन गरेको आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले खनाललाई कारबाही गरेको हो ।
२०७९ मंसिरमा भएको निर्वाचनमा नवलपरासीमा कांग्रेसका चौधरी र कँडेललाई उम्मेदवार बनाएको थियो । खनाल पनि सोही जिल्लाकै हुन् ।