नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे

टुरिजमफेस
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिए । पाण्डेको व्यवसाय मूलतः निर्माण क्षेत्रसँग सम्बन्धित छ ।
सोही साधारण सभाले परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपालकुमार अग्रवाल, मिलनबाबु मल्ल, परासी अग्रवाल, राहुलकुमार अग्रवाल, वरुणकुमार तोदी, दिपककुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाणकुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमितकुमार बेगानी, गौरव शारडा, दीलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, राजीव गुप्तालाई चयन गरेको छ ।
यसैगरी सञ्जीव न्यौपाने, हेमराज ढकाल, अनुराग गोयल, ध्रुब रिजाल, संजय गोल्छा, वर्षा श्रेष्ठ, राजबहादुर शाह, विदुषी राणा, लक्ष्मीप्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनिषकुमार खेम्का, आशिष गर्ग, सेवा पाठक पनि चयन भएका छन् । यस्तै गोकुल भण्डारी, बसन्तबहादुर चन्द, चन्द्र टण्डन पनि छानिएका छन् ।
कोशी प्रदेशबाट निवर्तमान अध्यक्ष भीम घिमिरे, मधेश प्रदेशका अध्यक्ष प्रमोद साह, बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गण्डकी प्रदेशबाट अध्यक्ष विनोद न्यौपाने, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, कर्णाली प्रदेशका अध्यक्ष छत्र शाही र सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ राष्ट्रिय परिषद् सदस्य बनेका छन् ।
यस्तै मकवानपुर उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे, नवलपुर उद्योग संघका अध्यक्ष केबी राना, रुपन्देही उद्योग संघका अध्यक्ष दीलिप सापकोटा र पोखरा औद्योगिक क्षेत्र उद्योग संघबाट रुद्र श्रेष्ठ पदेन राष्ट्रिय परिषद सदस्य भएका छन् ।
निर्वाचित राष्ट्रिय परिषद सदस्यबाट सर्वसम्मत ७ जना उपाध्यक्ष चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । यसैगरी उपाध्यक्षहरूमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी सर्वसम्मत निर्वाचित भए । यसैगरी परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, विदूषी राणा र प्राची अग्रवाल मनोनित भएका छन् ।