नेपाल लाइफद्वारा दश अर्ब प्रथम बीमा शुल्क आर्जन

टुरिजमफेस
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा दश अर्ब प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । सोही उपलक्ष्यमा कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको जीवन बीमा उद्योगमा यो अहिलेसम्मको नयाँ रेकर्ड बनाउन सफल भएको जनाएको छ ।
नयाँ रेकर्ड कायम भएको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरू, कम्पनीको मेरुदण्डको रूपमा रहेका अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी, नियामक निकायलगायत सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन दिएका छन् ।