पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीति गर्न नपाउने

टुरिजमफेस
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा सक्रिय राजनीति गर्न नपाउने भएकी छन् । एमाले केन्द्रीय कमिटी बैठकले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन उपयुक्त नहुने निर्णय गर्दै भण्डारीको एमाले प्रवेशकोे च्याप्टर बन्द गरेको हो ।
यद्यपि उक्त निर्णयबारे भण्डारीले कुनै प्रतिक्रिया दिएकी छैनन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली शर्मा उपस्थित सोही बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय हुने विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो कुरा सम्भव नहुने निष्कर्ष निकालेको हो ।
बैठकमा सहभागी सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, कर्णबहादुर थापाले उक्त निर्णयमा फरक धारणा राखेपनि अधिकांशको समर्थन रहेको एक नेताले टुरिजमफेसलाई जानकारी दिए ।