विद्या भण्डारीका लागि राष्ट्रपतिभन्दा पार्टी उपाध्यक्ष प्यारो

टुरिजमफेस
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीका लागि राष्ट्रपतिको पदभन्दा नेकपा एमालेको उपाध्यक्ष पद प्यारो लाग्न थालेको छ । सोही अनुसार शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई पार्टीको पूर्व उपाध्यक्ष भनेर चिनाइन् र सोही पदमा रहेर प्रेस विज्ञप्ति जारी गरिन् ।
जुन विज्ञप्तिमा उनले आफू एमालेमा आबद्ध रहेको र कसैले पनि आफ्नो सदस्यता खान नसक्ने प्रतिक्रिया दिइन् । केही दिनअघि मात्र एमाले केन्द्रीय समितिको बैठकले भण्डारीलाई पूर्वराष्ट्रपतिको रूपमा सम्मान गर्ने भन्दै पार्टीमा आउन रोक लगाएको थियो ।