बैंकलगायत व्यक्तिगत सम्पत्ति लुट्ने २१ जना पक्राउ

टुरिजमफेस
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाट गर्ने २१ ज्ना पक्राउ परेका छन् । उनीहरुलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो । गएरातिदेखि नेपाली सेनाले देशको सुरक्षा कमाण्ड सम्हालेकोे छ ।
अझै पनि विभिन्न स्थानमा लुटपाट तथा आगजनी र जीउधनको क्षति तथा अराजक गतिविधि भइरहेकाले सर्वसाधारणमा सजक रहन आग्रह गर्दै सेनाले त्यस्तो घटना देखिएमा खबर गर्न समेत अनुरोध गरेको छ । जसका लागि सेनाले ९८६३०२९०२९ को ह्वाट्सएप र भाइबरमा म्यासेज गरेर जानकारी दिन सकिने जनाएको छ ।