प्रधानमन्त्री सुशीला कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्यभार
तस्विर राष्ट्रपतिको कार्यालय
टुरिजमफेस
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने कार्यभार दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सपथग्रहण गराउँदै कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने जिम्मेवारी दिएका हुन् ।
जस अनुसार अब आउँदो फागुन महिनाभित्र निर्वाचन हुनेछ । जेनजी समूहले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संविधानको धारा ६१ ब्मोजिम राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
संविधानको धारा ६१ मा असाधारण अवस्थामा संविधानको संरक्षक राष्ट्रपति हुने व्यवस्था गर्दै देशलाई अघि बढाउन राष्ट्रपतिको स्वविवेकको अधिकार प्रदान गरेको छ ।प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।
नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ ।
तस्विर राष्ट्रपतिको कार्यालय
