देशको उद्धार गरेकोमा प्रधानसेनापतिलाई सलामः हामी नेपाल

टुरिजमफेस
काठमाडौं । जेन–जी आन्दोलनको प्रमुख संगठन हामी नेपालले नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देलले देशको उद्धार गरेको भन्दै आभार प्रकट गरेको छ ।
विज्ञप्ति जारी गरी उक्त संस्थाले सम्पूर्ण नेपालीका तर्फबाट नेपाली सेना र प्रधानसेनापतिलाई समर्थन र सहयोगका लागि धन्यवाद भनेको छ । जेनजी आन्दोलनपछि मुलुकलाई कसरी अघि बढाउने भन्ने विषयमा अन्योल रहेको बेला सेनाले देशको कमाण्ड सम्हाल्दै सेनाले द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, प्रधानसेनापति अशोकराज सिग्देल तथा जेनजी समूहको छलफलपछि अन्तरिम सरकार गठन गर्ने तथा प्रतिनिधिसभा विघटन गर्ने सहमति भएको थियो । सहमतिका लागि सेनाको सहजीकरणलाई धेरैले प्रशंसा गरेका छन् । जेनजी आन्दोलनका क्रममा प्रहरीले दमन गर्दा ५१ जनाको मृत्यु भएको थियो । पछि प्रहरी आन्दोलनलाई नियन्त्रण गर्न असफल भएपछि सेनाले सुरक्षा कमाण्ड लिएको थियो ।