नाइट रन स्थगित

टुरिजमफेस
नेपालगन्ज । यही असोज ३ गते हुने तय गरिएको नेपालगन्ज १० नाइट रन स्थगित गरिएको छ । पछिल्लाृ अवस्थाका कारण नाइट रन स्थगित गरिएको आयोजकले जनाएको छ । अब अर्को सूचनापछि मात्र मिति टुंगो लाग्ने आयोजकले भनेको छ ।
विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को पुर्णकालीन सदस्यता लिएपछि आधिकारिक रूपमा नाइट रनको दोस्रो संस्करण हुँदै थियो । शुभेच्छुकहरूबाट दौड तोकिएकै मितिमा गर्नुपर्ने र स्थगित गर्नुपर्ने बराबरी सुझाव पाएको उल्लेख गर्दै एम्सका नेपाल प्रतिनिधि तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले सयौँ व्यवसायिक धावकहरूले अनलाइन फर्म भरेको र धेरै ठाउँबाट आयोजनासम्बन्धी जिज्ञासा आइरहेको बेला स्थगित गर्नुपर्दा दुःखी भएको बताए ।
नाइट रन स्थगित गरे पनि असोज २८ गते हुने गौघाट ग्रीन रन र मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथनको तयारी भने भइरहेको उनले बताए ।