उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढ्यो, यसरी हुन सकिन्छ सुरक्षित

टुरिजमफेस
काठमाडौं । उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढेको छ । चिसो बढेपछि पर्यटकलाई समस्या हुन सक्छ । चिसोका कारण पर्यटक समस्यामा पर्ने सम्भावना देखिएपछि लोमान्थाङ गाउँपालिकाले स्वास्थ्य सतकर्ताका लागि एडभाइजरी जारी गरेको छ ।
यी हुन् चिसोबाट बढ्ने उपाय
– हावा, चिसो र तिखो घामबाट जोगिन बाक्लो ज्याकेट, थर्मल लुगा, टोपी, चस्मा र जुत्तामोजा लगाउनुपर्छ ।
– खाली पेट यात्रा गर्नु हुँदैन । प्रशस्त खाना र खाजा सेवन गर्नुपर्छ ।
–शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । त्यसैले दिनमा कम्तीमा ३÷४ लिटर पानी वा तरल पदार्थ सेवन गर्नुपर्छ । यात्राका क्रममा सकेसम्म धुमपान र मद्यपान गर्नु हुँदैन ।