वुमन्स एसिया कप : नेपालले यूएईसँग खेल्दै, एसिया कपमा पहिलो जितको खोजी
काठमाडौं – नेपालले आजदेखि श्रीलंकामा सुरु हुने एसीसी वुमन्स एसिया कप टी-२० प्रतियोगिताको पहिलो खेलमा यूएईसँग खेलीरहेको छ । नेपालको कप्तानी इन्दु बर्माले गरिरहेकी छन् ।
नेपालले तेस्रो पटक वुमन्स एसिया कप खेल्दैछ । यसअघि सन् २०१२ मा तीन र २०१६ मा पाँच खेल खेल्दा नेपाल जित विहीन बनेको थियो । नेपाल एसिया कप इतिहासमै पहिलो जित निकाल्ने दाउमा छ ।
नेपाल अनुभवी अलराउण्डर सीता रानामगर, रुविना क्षेत्री र कप्तान इन्दु बर्मामा धेरै निर्भर छ । यी तीन खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ । युवा खेलाडी राजमति ऐरी, कविता कुँवर र पूजा महतो पनि आशा गरेका अलराउण्डर हुन् । उता यूएई ईशा ओझा, कभिशा इगोडागे र थीर्थ सतिशमा बढी निर्भर छ ।
समूह ए मा नेपाल, भारत, पाकिस्तान र यूएई छन् । समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाईल्यान्ड छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।