भारतीय बस दुर्घटनामा १४ जना पर्यटकको मृत्यु, १६ जनाको उद्धार
टुरिजमफेस
काठमाडौं । पृथ्वीराजमार्गको तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा भएको भारतीय नम्बरको बस दुर्घटनामा १४ जना पर्यटकको मृत्यु भएको छ ।
बस मस्र्याङ्दी नदीमा खसेको थियो । नदीमा खसेका १६ जनाको भने उद्धार गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । युपी ५३ एफटी ७६२३ नम्बरको बस कास्कीको पोखराबाट काठमाडौं आउँदै थियो । बसमा रहेका सबै भारतीय पर्यटक हुन् ।
