कागजमा होइन फिल्डमा काम देखिनु पर्छः पर्यटन मन्त्री
टुरिजमफेस
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नतिजा निकाल्न कागजमा नभई फिल्डमा काम भएको हुनुपर्ने बताएका छन् । पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलका क्रममा पाण्डेले काम गर्न कुनै ऐन, कानुन बाधक छ भने भन्नुपर्ने तर अन्य कुनै पनि बहाना गर्न नपाइने बताए । उनले भने, ‘मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु ।

मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु ।’ उनले फिल्डमा नतिजा देखिने गरी काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिए । कसैले अस्वभाविक दबाब, प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्न समेत मातहतका निकायलाई आग्रह गरे ।
