प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस
टुरिजमफेस
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद्ले उनलाई सर्वोच्च अदालतको प्रधानन्याधिसमा सिफारिस गरेको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउँदैछन् । नयाँ प्रधानन्यायाधीशको संसदीय सुनुवाइ पनि गर्नुपर्ने प्रावधान भएकाले राउतको पनि सुनुवाइ हुनेछ ।
