हवाई भाडा बढ्यो
टुरिजमफेस
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) नयाँ हवाई भाडा कायम गरेको छ । नयाँ भाडा अनुसार सबभन्दा बढी जनकपुर–धनगढी ११०, काठमाडौं–धनगढी ९० रूपैयाँले भाडा वृद्धि गरिएको छ ।
त्यस्तै पोखरा–भद्रपुरको भाडा ८० रूपैयाँ बढाएको क्यानले काठमाडौं–नेपागन्जका लागि प्रतियात्रु ६५ रूपैयाँले भाडा बढाएको छ । विराटनगर–भैरहवा ८० रूपैयाँ, काठमाडौं–विराटनगर ५० रूपैयाँ, काठमाडौं–पोखरा ३० तथा काठमाडौं–भैरहवा ४० रूपैयाँले भाडा वृद्धि गरिएको छ । काठमाडौं–सिमराको भाडा १५ रूपैया बढेको छ ।
मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको बताइएको छ ।