देशमा सुशासन पटक्कै छैनः शेखर कोइराला

टुरिजमफेस
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन पटक्कै नरहेको बताएका छन् । कांग्रेस पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले कांग्रेस सरकारमा रहेपनि जनताले सुशासन महसुस गर्न नसकेको बताए ।
सरकारले आफूलाई मन लागे योग्यताको आधारमा नभए मन परेको आधारमा कर्मचारी नियुक्ति गरिरहेको समेत आरोप लगाए ।
कोइरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरूको पनि भएको बताए । नेपाल अफ्ठ्यारोमा परेको बताउँदै उनले अबका दिनमा जनता कुनैपनि पार्टीको पछि नलाग्ने बताए ।