हिम पहिरोमा बेपत्ता चिनियाँ नागरिकको शव सशस्त्र प्रहरीद्वारा फेला
apf rescue
टुरिजमफेस
काठमाडौं । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११ देउराली स्थित चुम्रुङमाको हिम पहिरोमा बेपत्ता चिनियाँ नागरिकको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।
अन्नपूर्ण बेस क्याम्पबाट घान्द्रुकतर्फ आउँदै गरेका २८ वर्षीय चिनियाँ नागरिक इचेङ्गयुङ चैत ११ गतेदेखि सम्पर्क विहीन थिए । सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार चिनियाँ नागरिक बेपत्ता भएको खबर पाएलगत्तै उनको खोजी कार्यमा सशस्त्र प्रहरी बल नेपाल नम्बर–२४ कालिका गण कास्कीबाट विपद् व्यवस्थानसहितको सुरक्षा फौज परिचालित भएको थियो ।
apf rescue
