पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको उपाध्यक्ष मनोनीत

टुरिजमफेस
काठमाडौं । पूर्व राष्ट्रपति÷उपराष्ट्रपति सक्रिय राजनीतिमा आउन हुन्छ वा हुँदैन भन्ने विवाद कायम रहेको बेला नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष मनोनीत गरेको छ ।
उनलाई चैत १९ र २० गते बसेको पदाधिकारी बैठकले उपाध्यक्ष मनोनीत गरेको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए । यसअघि भने उनी पार्टीको बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका थिए । उनलाई स्थायी समिति सदस्य र केन्द्रीय सदस्य पनि सोही बैठकले नै मनोनीत गरेको गुरुङले बताए । विद्या भण्डारी राष्ट्रपति रहेको बेला पुन दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए ।