भारतीय कृषिमन्त्री भन्छन्–नेपाल र भारत मिलेर कृषिको आधुनिकतामा काम गर्न आवश्यक

टुरिजमफेस
काठमाडौँ । भारतीय कृषिमन्त्री शिवराज सिंह चौहानले नेपाल र भारत मिलेर कृषिको आधुनिकतामा काम गर्न आवश्यक रहेको बताएका छन् । नेपाल र भारतको कृषि अझै पनि पछौटे भइरहेको बेला चौहानले खाद्य सुरक्षा आधुनिक कृषिले मात्र सम्भव हुने बताए ।
नेपाल भ्रमणमा रहेका चौहानले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा यस्तो बताएका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का कृषिमन्त्रीहरूको बैठकका लागि नेपाल आएका चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा ओलीसँग भेट गरेका हुन् ।
मन्त्री चौहानले नेपाल र भारत मिलेर कृषि क्षेत्रको विकासका लागि काम गर्नुपर्ने पनि बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ