हार्दिक आइभिएफलाई आइएसओ प्रमाणपत्र

टुरिजमफेस
काठमाडौं । फर्टिलिटी केन्द्र हार्दिक आइभिएफलाई आइएसओ प्रमाणपत्र प्राप्त भएको छ । आफ्नो सेवा र गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा नै प्रमाणित गरेकाले हार्दिकले आइएसओ प्रमाणपत्र प्राप्त गरेको हो ।
भरपर्दो, सुरक्षित र विश्वसनीय सेवा प्रदान गर्दै आएको हार्दिक आइभिएफले सेवा गुणस्तर, व्यवस्थापन प्रणाली र ग्राहक सन्तुष्टिमा उच्च मापदण्ड पूरा गर्दै आइरहेको छ । हार्दिकले आर्थिक रुपमा कमजोर र आवश्यकतामा रहेका दम्पतीहरूका लागि सेवा दिने गरेको छ ।
हार्दिकमा वरिष्ठ चिकित्सकहरू डा.अर्चना शाक्य, डा. निसुमालगायतले फर्टिलिटी उपचारमा विषेशज्ञता प्रदान गरिरहेका छन् । हार्दिकमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि, अनुभवी विशेषज्ञहरू, सहज स्थान र उचित मूल्यमा उत्कृष्ट उपचार सेवा उपलब्ध हुँदै आएको केन्द्रले जनाएको छ ।