आलोचनाबीच सुमना श्रेष्ठले दिइन् रास्वपा सहमहामन्त्रीबाट राजीनामा

टुरिजमफेस
काठमाडौं । पार्टीभित्र व्यापक आलोचना हुँदाहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । पार्टीभित्र यतिबेला श्रेष्ठले राजीनामा दिनु ठिक नहुने आवाज उठिरहेको थियो । यद्यपि उनले भने यसअघि नै पार्टीको एउटा मात्र जिम्मेवारीमा रहने बताउँदै आएकी थिइन् ।
श्रेष्ठ प्रतिनिधि सभा सदस्य पनि हुन् । सहमहामन्त्री पदबाट राजीनामा दिएपछि उनले यतिखेर पार्टीको जिम्मेवारीमा भन्दा संसद्मा बढी आवश्यकता परेको बताइन् । उनले रास्वपा सदनमा जति सक्रिय हुनुपर्ने हो त्यति नभएको गुनासो गर्दै आएकी छन् । २०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले श्रेष्ठलाई सहमहामन्त्रीको जिम्मा दिएको थियो ।