टाइम म्यागेजिनको उत्कृष्ट गन्तव्य सूचीमा नेपालका सामुदायिक होमस्टे

टुरिजमफेस
काठमाडौं । चर्चित टाइम म्यागेजिनको उत्कृष्ट गन्तव्य सूचीमा नेपालको सामुदायिक होमस्टे परेको छ । टाइम म्यागेजिनले नेपालको सामुदायिक होमस्टेलाई सन् २०२५ का लागि उत्कृष्ट गन्तव्यको सूचीमा राखेको हो ।
सामुदायिक होमस्टेले स्थानीय समुदायसँग पर्यटकलाई जोड्नुका साथै सांस्कृतिक सम्पदा संरक्षणमा पनि योगदान पु¥याएको छ । सामुदायिक होमस्टे सन् २०१२ देखि पनौतीमा सुरु भएको थियो । पनौतीकी मिना कोइरालाले सामुदायिक होमस्टेको सुरुवात गरेकी थिइन् । अहिले यी होमस्टे १८ समुदायमा फैलिएको छ र यस मातहत २०० भन्दा बढी होमस्टेहरू सञ्चालित छन् ।