यातायात व्यवसायी बन्द स्थगन गर्न सहमत

यातायात व्यवसायीले गरेको बन्दका कारण सुनसान काठमाडौंको सडक
टुरिजमफेस
काठमाडौं । यातायात व्यवसायीहरू बन्द फिर्ता लिन सहमत भएका छन् । तर यसका लागि संघीय सरकारले गण्डकी प्रदेशलाई राइड सेयरिङ व्यवस्थापन तथा नियमन गर्न बनेको नियमावली स्थगन गर्न सिफारिस गर्नुपर्ने छ, जुन काम सम्भवतः मंगलवार हुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ व्यवस्थापनका लागि पत्र पठाउने र यातायात व्यवसायीले बन्द फिर्ता लिने यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनले प्रदेश सरकारले नियमावली स्थगन नगरेसम्म भने आन्दोलन फिर्ता नहुने बताएका छन् ।
गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी राइडसेयरिङ नियमावली ल्याउने तयारी गरेको थियो । त्यसकै विरोमा यातायात व्यवसायीले देशभर यातायात बन्द गरेका थिए ।
यातायात व्यवसायीले गरेको बन्दका कारण सुनसान काठमाडौंको सडक