सायराम ताल र साहसिक पर्यटन : वातावरणमैत्री पूर्वाधारको बेजोड समन्वय (फोटो फिचर)

काठमाडौं । चीनको सिन्ज्यिाङ स्वायत्त प्रदेशको तियानशान पर्वत श्रृंखलाको काखमा अवस्थित सायराम ताल नयाँ र साहसिक पर्यटन परियोजनाको केन्द्रबिन्दु बन्न थालेको छ । चीनको सबैभन्दा अग्लो र ठूलो अल्पाइन तालका रूपमा प्रख्यात यस तालमा नयाँ गतिविधिहरु बढेपछि आन्तरिक तथा विदेशी पर्यटकहरूको आकर्षण थपिएको हो ।
चीनमा सायराम ताललाई ‘एटलान्टिक महासागरको अन्तिम आँसु’ भन्ने गरिन्छ । महासागरबाट आउने न्यानो र आद्र्र हावा करिब सात हजार किलोमिटर लामो यात्रा पार गर्दै तियानशानमा पुग्दा ठूलो वर्षा हुन्छ । त्यसपछि चम्किलो र निलो तालले निरन्तरता पाउँदै आइरहेको छ ।
ग्रीष्ममा हिमपानी, वर्षामा फूलैफूल
प्रत्येक ग्रीष्म ऋतुमा वरपरका हिमालबाट हिउँ पग्लेपछि तालमा नयाँपन देखिन्छ । तालको वरिपरिको घाँसे मैदान फूलले ढाकेपछि पर्यटकलाई लोभ्याउने रंगीन दृश्य हरेक वर्ष सिर्जना हुन्छ ।
साहसिक पर्यटनको आकर्षण
साहसिक पर्यटकहरूका लागि स्काइडाइभिङ, प्याराग्लाइडिङ, क्याटामेरेन बोट जस्ता क्रियाकलाप उपलब्ध गराइएको छ । यस्तो नयाँ अनुभवको खोजीमा रहेका युवापुस्तालाई सायराम तालले एकैसाथ रोमाञ्चक र शान्ति दुवै प्रदान गरेको देखिन्छ ।
पूर्वाधार विकास र वातावरण संरक्षणको समन्वय
पछिल्लो समय ताल क्षेत्रमा पर्यटकीय पूर्वाधारका लागि स्तरोन्नति गरिएको छ । साथै, वातावरणीय संरक्षणमा निरन्तर ध्यान दिएकाले तालको प्राकृतिक सुन्दरता यथावत् राखिएको छ । यसले सायराम ताललाई चीनको अत्यन्त महत्वपूर्ण गन्तव्यस्थलको रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ ।
स्रोत : सिजीटिएन ।