पटकपटक बलात्कार गरेपछि घटना लुकाउन उल्टै मार्ने धम्की दिन्थे मधेसका पूर्वप्रदेश प्रमुख अहिराज

टुरिजमफेस
काठमाडौं । बलात्कार अभियोगका पक्राउ परेका मधेसका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराजले उक्त घटना लुकाउन पीडितलाई उल्टै मार्ने, डर, धम्की देखाउने गरेको तथ्य खुलेको छ ।
२०८१ जेठ ४ गते बानेश्वरमा ती युवतीमाथि घरमा कोही नभएको बेलामा बलात्कार गरेपछि घटना लुकाउन उनले त्यस्तो धम्की दिने गरेको पीडितको बयानबाट खुलेको प्रहरीले जनाएको छ ।
अहिराजलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेस गरी ५ दिनको अनुमति लिएको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।
अहिराजविरूद्ध गत माघ ३ गते जाहेरी दर्ता भएको थियो । प्रहरीले चैत २५ गते मात्र जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । त्यसयता उनी फरार थिए ।
बलात्कारको घटना भएको केही समयपछि पीडित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन् ।